भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गतेदेखि दिइने

 ग्लोवल टि.भी.      बुधबार, भदौ ९, २०७८      0

काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गतेदेखि दिइने भएको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई भदौ ११ गतेदेखि १३ गतेसम्म दोस्रो मात्रा दिइने भएको हो । खोपको दोस्रो मात्रा करिब २ लाख १६ हजार नागरिकले लगाउन पाउनेछन । भदौ ५, ६ र ७ गते सार्वजनिक विदा परेकाले ९ गते दिइने भनेको खोप कार्यतालिकाअनुसार खोप नदिएर भदौ ११ गतेदेखि दिइने व्यवस्था मिलाइएको छ ।

खोप अभियान भदौ ४ गतेदेखि सुरु भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *