प्रधानमन्त्री देउवाबाट जनगायक जेबी टुहुरेको निधनप्रति दुःख व्यक्त

 ग्लोबल टिभि      बिहिबार, भदौ १०, २०७८      0

प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार एवं जनगायक जुठबहादुर खड्की (जेबी टुहुरे) को निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री देउवाले टुहुरेको निधनबाट स्तब्ध भएको बताएका छन् ।‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खवरले निकै स्तव्ध भएको छ ।’ प्रधानमन्त्री देउवाले भनेका छन् ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

बयोधा अस्पतालमा स्ट्रोक रोगका कारण उपचाररत टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *