सुनसरी । जिल्ला अदालत सुनसरीले बलात्कारको अभियोग लागेका ’सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबाविरुद्धको अभियोगको दाबी ठहर नहुने फैसला गरेको हो ।
जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले सिद्धबाबाल दोषी ठहर गर्ने प्रमाण नपुगेकाले सफाइ दिएको बताए । आफ्नै शिष्यलाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध मुद्दा परेको थियो । २०७६ साल पुस १४ गते अदालतले उनलाई तीन लाख धरौटीमा रिहा गरेको थियो ।
त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालत विराटनगरको आदेश बेरीतको भएको उल्लेख गर्दै सिद्धबाबाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाई गर्दा निर्दोष नदेखिएपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश अदातले दिएको हो ।
Leave a Reply