बढ्यो सगरमाथाको उचाई, अब ८८४९ दशमलव ५ मिटर कायम !

 ग्लोबल टिभि           0

काठमाण्डौं । नेपालको गौरव एवं पहिचान, संसारकै अग्लो शिखर सगरमाथाको उचाई बढेको छ । नेपाल र चीनको सहकार्यमा संयुक्त रुपमा गरिएको नापिबाट सगरमाथाको उचाई बढेको हो । यस अघि ८ हजार ८ सय ४८ मिटर कायम रहेको उचाई अब ८ हजार ८ सय ४९ दशमलव ५ मिटर कायम भएको श्रोतको भनाई छ । यद्यपि यसबारे नापि बिभागले भोलि औपचारिक जानकारी गराँउदै छ । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापि बिभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन गरि उचाई कायम गरिएको हो । चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्त रुपमा सगरमाथाको उचाई नापिएको हो । नापि बिभागले भोलि औपचारिक रुपमा उचाई घोषणा गरिने र मापनमा योगदान पुर्याउनेहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ ।

मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो भने उचाइ सार्वजनिक गर्ने प्रक्रिया अघि बढाउने जिम्मेवारी मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयलाई दिएको थियो ।

गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने र त्यसमा मिलेर वैज्ञानिक अनुसन्धानहरू अघि बढाउने सहमति भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *