अफताब आलमको मुद्दामा आज सुनुवाइ नहुने

 ग्लोबल टिभि           0

नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमको मुद्दामा आज सुनुवाइ नहुने भएको छ।

इजलास अधिकृत इन्दिरा कार्कीले सरकारतर्फका कानुन व्यवसायीबाट मुद्दाको सुनुवाइ स्थगित भएको उल्लेख गरेकी छिन्।

न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो।

यसअघि २९ साउनमा मुद्दाको पेसी न्यायाधीशद्वय राउत र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएकोमा हेर्न नमिल्ने भनिएको थियो।

जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगन्जले सदर गरेपछि त्यसविरुद्ध सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए।

उनीविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको अभियोग छ।

२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेशेवर बम बनाउनेहरू ल्याएर बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इट्टाभट्टामा हालेर हत्या गरेको अभियोग छ।

उनी हत्या घटना भएको १३ वर्षपछि गत वर्ष पक्राउ परेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *