सगरमाथाको उचाई बढेको सरकारद्धारा औपचारिक घोषणा

 ग्लोवल टि.भी.      मङ्लबार, मंसिर २३, २०७७      0

काठमाण्डौं । बिश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढेको छ । अब सगरमाथाको उचाई ८८४८ दशमलद ८६ मिटर कायम भएको छ ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भूमिसुधार मन्त्री पद्मा अर्यालको उपस्थिति थियो ।
आज नेपाल र चीनले संयुक्त रुपमा गरेको घोषणा अनुसार सगरमाथाको उचाई मिटर कायम भएको हो ।
यस अघि सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर थियो ।

फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापि बिभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन गरि उचाई कायम गरिएको हो । चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्त रुपमा सगरमाथाको उचाई नापिएको हो ।

मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो भने उचाइ सार्वजनिक गर्ने प्रक्रिया अघि बढाउने जिम्मेवारी मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयलाई दिएको थियो ।

गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने र त्यसमा मिलेर वैज्ञानिक अनुसन्धानहरू अघि बढाउने सहमति भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *