प्रहरीले नौ करोड बराबरको लागुऔषध कोकिनसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ ।
दुई किलो ९६६ ग्राम कोकिनसहित उनीहरुलाई प्रक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।प्रहरीले दिएको जानकारीअनुसार भदौ ३ गते कतार एयरवेजबाट काठमाडौं आएकी अफ्रिकन नागरिक ३० वर्षकी श्रिले गामाले नेपालमा कोकिन ल्याएकी थिइन् ।
उक्त लागुऔषध लिन काठमाडौं आएका भारतका विजय सिंहलाई पनि प्रहरीले काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।अर्का कारोबारी तान्जानीयाकी नागरिक गेरट्रुड लियोनार्द किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट पक्राउ गरिएको छ ।
उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ भने १५ वर्ष जन्मकैद तथा पाँच देखि २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।
त्यसैगरी खैरो हिरोइनसहित काठमाडौंबाट सातजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजेन्द्र राना, पिटर लामा मन्दिप शर्मा, सागर श्रेष्ठ, अकलेश यादव, गोकुल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Leave a Reply