महालक्ष्मी विकास बैंंकको नक्कली सुनको धन्दा, २५ तोला सुन नक्कली बनाइयो

 ग्लोबल टिभि           0

महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाको नक्कली सुनको धन्दा बाहिरिएको छ।

सर्वसाधारणबाट सुन धितो लिने र फिर्ता गर्दा नक्कली सुन फिर्ता गर्ने गरेको रहस्य बाहिरिएको छ।

ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनलाई बैकले सक्कली सुन धितो राखेर्र नक्कली सुन फिर्ता गरेपछि बैकको बदमासी बाहिरिएको हो ।

महर्जनले २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखेकी थिइन्।

५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकले तपाईको सुन नक्कली रहेछ भन्दै जफाव दिएपछि उनी छाँगाबाट खसेजस्तै भइन् ।

ग्लोबल टेलिभिजनसंगै कुरामा आफू बैकबाट ठगिएको बताइन्।

धितोमा राखेको सुन पाँच वर्षपछि कुमारीपाटी शाखाका प्रबन्धक सुनिल कुमार नेपालले ‘नक्कली’ भनेर फिर्ता दिन अस्वीकार गरेपछि महर्जनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुर गरेकी छिन् ।

२०७२ चैतमा आफ्ना ३५ थान सुनका गहना जाँच गरेर नै बैंकले ऋण दिएको महर्जनले बताइन् ।

०७८ भदौ ९ मा ऋण चुक्ता गरेपछि उनी आफ्नो सुन फिर्ता माग्न गएकी थिइन् ।

महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी गरेपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको छ ।

छलफलमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले सुन फिर्ता गर्छौँ’ भनेर हस्ताक्षर गरेको बताए ।

सीईओ देवकोटाले २०७२ मा धितो स्वीकार गर्दा सुन जाँचेर लिएको स्वीकार गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *