मानव अधिकार कार्यान्वयनमा खबरदारी स्वीकार्य : ओली

 ग्लोबल टिभि      बिहिबार, मंसिर २५, २०७७      0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सद्भावमाथि नै प्रहार गर्दै समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कार्य मान्य हुन नसक्ने बताउनुभएको छ ।
आफ्नो हकको उपभोग गर्दा अर्काको हकको सम्मान गर्नु मानव अधिकारको सबैभन्दा प्राथमिक सर्त भएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने कार्य स्वीकार्य हुन नसक्ने बताउनुभयो ।
विश्व मानव अधिकार दिवस (१० डिसेम्बर)को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । लोकतन्त्रको अपरिहार्य अङ्गका रूपमा रहेका प्रतिपक्षी दल, सञ्चार माध्यम र नागरिक समाजको रचनात्मक आलोचनाको स्वागत सधैँ गरिने समेत बताउनुहुँदै उहाँले भन्नुभयो, “जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक हुन् ।”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *