पूर्व सांसद एवं राजदूत लामाको कोरोना संक्रमणका कारण निधन, प्रधानमन्त्रीद्धारा श्रद्धान्जलि

 ग्लोबल टिभि           0

काठमाडौं । नेकपाका नेता एवं पूर्वराजदूत कमानसिंह लामाको कोरोना संक्रमणका कारण निधन भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा लामाको आज बिहान निधन भएको हो । मंसिर १० गते उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

लामा काभ्रेबाट विसं २०४८ सालमा सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत भएका थिए । लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए । पूर्व सांसद लामाप्रति प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतका नेताहरुले हार्दिक श्रद्धान्जलि ब्यक्त गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *