जारी निषेधाज्ञाको स्वरुप परिवर्तन

 ग्लोबल टिभि           0

गत वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञाको स्वरूप परिवर्तन भएको छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले वैशाख १६ गतेदेखि जारी निषेध आदेशको स्वरुप परिवर्तन गरेको हो । बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेध शब्द हटाएर जारी आदेश मात्रै बनाएको जानकारी दिए ।

यो आदेश भदौ १७ गतेदेखि भदौ मसान्तसम्म जारी रहने छ । यससँगै स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सबै किसिमका व्यापार, व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।

काठमाडौं उपत्यकामा भौतिक उपस्थितीमा विद्यालय सञ्चालनको हकमा १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुले भ्याक्सिन नलगाएकोले अझै केही समय रोक्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले भौतिक उपस्थितीमा विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिइएकोले कोभिड जिल्ला शंकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सक्ने पनि बताए । उनले चाडपर्वहरु भौतिक उपस्थितीमा नमनाउन आग्रह गरेमा छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *