आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस, दीगो पर्वतीय विकासमा जोड

 ग्लोबल टिभि      शुक्रबार, मंसिर २६, २०७७      0

काठमाडाैं । आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००३ देखि पर्वतीय दिवस मनाउन थालिएको हो । राष्ट्रसंघ महासभाले सन् २००३ मा  दिवस मनाउने घोषणा गरेपछि दीगो पर्वतीय विकासको महत्वमा जोड दिंदै हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाइन्छ ।

काेराेना संक्रमण जाेखिमका कारण याे वर्ष भाैतिक दूरी कायम गरेर कार्यक्रम गरिँदै छ । काेराेना जाेखिमकै कारण गत चैतपछि ठप्प रहेकाे पर्यटकीय गतिविधि  भदाै अन्तिमबाट स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै चलायमान हुन थालेकाे छ । हिमाल वा पर्वत आराेहण सम्बन्धी गतिविधि पनि सुरू भएका छन् ।

नेपालले पहिलाे पटक आफ्नै स्राेत, साधन र प्राविधिकबाट विश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे उचाइ मापन गरेकाे छ । उचाइ पनि बढेकाे छ । अब सगरमाथाकाे उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर कायम भएकाे छ ।

दिवसले जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरणमा ध्यान दिएकाे छ । पर्वतीय क्षेत्रमा बस्ने नागरिकको जनजीविका सहज बनाउन र पर्वतीय वातावरणलाई बिग्रन नदिन समेत दिवसले जोड दिएको छ ।

पृथ्वीको कुल भूभागको २२ प्रतिशत भूभाग पर्वतीय क्षेत्रले ओगटेको छ । विश्वको कुल जनसंख्याको १५ प्रतिशत मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेका राष्ट्र संघले जनाएको  छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *