मौसम पूर्वानुमानः आज केही स्थानमा भारी वर्षाको सम्भावना

 ग्लोवल टि.भी.      शनिबार, भदौ १९, २०७८      0

आज देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले छ ।

महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि नेपालमा मनसुन फेरि सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा अहिले नेपालको तराईभन्दा थोरै पर रहेको छ ।

त्यो रेखा नजिक आइ पुग्नासाथ मनसुनको सक्रियता बढ्ने छ । महाशाखाका मौसमविद्का अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त वायु आउने क्रम जारी रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *