‘बा’ कविता

 ग्लोवल टि.भी.      मङ्लबार, भदौ २२, २०७८      0

सम्पूर्ण बुवाहरु प्रती नमन
बुवाको मुख हेर्ने दिन विशेष कविता

‘बा’

छोरी त पढ्न जा भनेर दिदीको हात समात्न लागाई
आफू हलो र जुवा बोकेर बारी तिर लाग्नु भएको
मेरी छोरीलाई टिफिनको खाजा भनेर
स्याउ र अंगुर पठाएर
आफू
मकैका ठेट्नाहरु चपाउँदै
डोको र नाम्लो बोकेर
पाखा तिर लाग्नुभएको
यस्ता दृश्यहरुले मेरा मानसपटल भरिएका छन्
थाहा थिएन
आधा पेट खाएर
मेरा लागि तपाईंहरुले यति दुःख गरिरहनु भएको छ ।
अनि
म तपाईंहरुलाई नै दुःख दिएर
मेरा आवश्यकताहरु माग गरिरहेकी थिए ।
कति बेला मेरी छोरी आउँछे,
भोकाई होली
के खाई होली
भन्दै
मेरो बारेमा मात्रै सोचेर
म आउने बाटो हेरेर
तपाईंको आँखा टोलाईरहेको
अनि
म घर आइपुग्दा
तपाईंको अनुहार हसिलो भएको ,

त्यो शरीरले दशै बाहेक कहिल्यै नयाँ लुगा फेर्न पाएन
खाली गोडा
कति काडा बिझे
तिखा ढुङ्गाले पैताला छिया छिया पारे
अहं
तपाईलाई कहिल्यै दुखेन
तर
मलाई
स्कुल जादा साथीहरूले नगिज्याउन भनेर
मास्टरको कुटाईले मेरा आँखा नरसाउन भनेर
आफू खाली गोडा गएर
मलाई नयाँ जुत्ता किनेर ल्याइदिने तपाईं
च्यातिएको पुरानो लुगा लगाएर
मलाई नयाँ कपडा ल्याइदिने तपाईं
आज

आफुलाई निकै भाग्यमानी ठान्छु
बुवाले सिकाउनु भयो सहनशीलता
आमाले सिकाउनु भयो ममता
प्रेरणाको श्रोत हजुरहरु
मलाई म बनाउने
दुनियाँमा कोहि छैनन अरु

खुसी छु
संसार कै भाग्यमानी भएर जन्मिएकी रहेछु
आजसम्म पनि तपाईंको
आँट ,हिम्मत ,जोस र जाँगरले
मलाई हौसला मिलेको छ
कुनै कार्य गर्दा निडर हुने
कसैसंग नडराउने आँट मिलेको छ ।
अरुको नामले होइन
आफ्नै नामले चिनिनु पर्छ
प्रेरणा मिलेको छ ।
बा
आज
मलाई यो स्थानसम्म ल्याइदिनु भएको छ

ऋणि छु
तपाईंको मायाको
पालो मेरो आएको छ
आराम तपाईं गर्नुस
आवस्यकताहरुको माग गर्नुस
पुर्याइदिने अब हामी छौँ ।

लेखक– नेपाली भाषामा र साहित्यमा स्नातकोत्तर सम्पन्न गरि अहिले अध्यापन गरिरहेका छन्।
लेटाङ्ग नगरपालिका ६ मोरङ्ग

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *