तक्षशिला एकेडेमीका शिक्षक सिटौलाले गरे आत्महत्या

 ग्लोवल टि.भी.      आइतवार, मंसिर २८, २०७७      0

काठमाण्डौं । निजी बिद्यालयमा अध्यापन गराउने एक जना शिक्षकको शव रानीवारी जंगलमा फेला परेको छ ।
तक्षशिला एकेडेमीमा अध्यापन गराउने ३६ वर्षिष  शिक्षक रमेश सिटौलाको शव रानीवारी जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।
आर्थिक समस्या झेलिरहेका सिटौलाले आत्महत्या गरेको परिवारजनले बताएको छ । शव पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल लगिएको  छ । उनको श्रीमति र एक छोरा छन् ।
सिटौला केहि महिनादेखि बिद्यालयबाट तलव नपाएपछि आर्थिक समस्याबाट गुज्रिएको बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *