सरकारको लाचारी, उखु किसान फेरि सडकमा

 ग्लोबल टिभि           0

काठमाडौं । लामो समयसम्म आफूहरुले पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै उखु किसानहरुले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।

उखु किसान संघर्ष समिति सर्लाहीको आयोजनामा चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन सुरु गरिएको छ ।

उनीहरूले गत वर्षको पुस १६ गते सरकारसँग भएको ५ बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । श्रम, पसिनाको मुल्य पाउनुपर्ने, माफियाको गुलियोमा सरकार भुलियो लगायतका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

सरकारले किसानसँग गरेको पटक पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले बताए । माइतीघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *