विज्ञ भन्छन् : नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गर्‍यो

 ग्लोबल टिभि      बुधबार, अशोज २८, २०७७      0

काठमाडौँ – स्वास्थविज्ञले नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको दाबी गरेका छन् ।

भाइरोलोजिष्ट डाक्टर बाबुराम मरासिनीले काठमाडौँ उपत्यकाको संक्रमण चौथो चरणमा प्रवेश गरेको बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यका भित्रको सबै समुदायभित्र, घरभित्र, कार्यालय लायतका सबै क्षेत्रमा संक्रमण फैलिइसकेको भन्दै स्थिति नियन्त्रण बाहिर गइसकेको बताउनुभयो ।

सरकारले सीमा नाकामा आउने मानिसलाई गरेको असमान व्यवहारले संक्रमण समुदायमा फैलिएको टिप्पणी गर्नुभयो । उहाँले कोरोना संक्रमण सुरु हुँदानेपालबाट भारतमा जान चाहनेलाई सीमामा १४ दिन राख्ने र भारतबाट नेपाल आउन चाहने लाई १४ दिन सीमामा रोक्नु गलत भएको तर्क गर्नुभयो ।

डाक्टर मरासिनीले कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने र स्वाब संकलन गरेपछि ९/१० दिन सम्म परीक्षणको नतिजा नदिने प्रवृत्ति पनि गलत भएको बताउनुभयो । यसले पनि समुदायमा संक्रमण फैलिन सहयोग पु¥याएको उहाँको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *