ग्लोबल टिभि
0
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विषेश अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा दोषी देखाउँदै अदालतले
आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।भूमिसुधार मन्त्रालयको सचिव भएका बेला सरकारी जग्गा हिनामिनामा उनको भूमिका रहेको आरोप छ । ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।उनलाई आजै डिल्लीबजार कारागार पठाइएको छ ।
Post Views: 1,787
Leave a Reply