संखुवासभा सामूहिक हत्याकाण्डका एक जना आरोपी पक्राउ

 ग्लोबल टिभि      शनिबार, भदौ २६, २०७८      0

संखुवासभा सामूहिक हत्याकाण्डमन एक जना आरोपी पक्राउ परेकाछन्  । संखुवासभाको मादी नगरपालिका–१ उमलिङको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

गत सोमबार एकै परिवारको ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आशंकामा २५ वर्षीय छिमेकीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रहरीले आइतबार पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने जनाएको छ । संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालले आइतबार चैनपुरमा सार्वजनिक गरिने बताए ।

शुक्रबार थप एक जना शंकास्पद व्यक्तिमाथि अनुसन्धान अघि बढाएको र शुक्रबार नै एक जना छिमेकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका छिमेकीको घर घटना घटेको घरबाट करिब १ सय ५० मिटरको दूरीमा रहेको एसपी दाहालले बताए ।

मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको सोमबार बिहान शव फेला परेको थियो । तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *