मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ महिला पक्राउ

 ग्लोवल टि.भी.      शनिबार, भदौ २६, २०७८      0

सिरहा प्रहरीले बेचविखनको लागि नेपाल भारत सिमातर्फ लैजादै गरेको अवस्थामा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। सिरहा, नरहा नगरपालिका वडा नं–३ चोहर्वा स्थित सडक खण्डबाट दुई युवतीलाई ललाई फकाई गरी भारत लैजादै गर्दा प्रहरीले शुक्रबार बेलुकी पक्राउ गरेको हो ।

युवतीहरु बेचवबखन तथा ओसारपसार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेको हो। प्रहरी निरीक्षक अवधकिसोर ओझाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सप्तरी कञ्चनरुप नगरपालिका वडा नं.११ बेङगरी बस्ने लक्ष्मी नारायण चौधरीको छोरी वर्ष २८ की ललिता चौधरी र जिल्ला सिरहा धनगढिमाई नगरपालिका वडा नं०१ बाखैर बस्ने उषा देवी मलाहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अभियुक्तहरुले पीडित युवतीहरुलाई लहान आश्रममा मासिक रु ५०,०००।– को काममा लगाईदिने भनी प्रलोभनमा पारेको प्रहरीले बताएको छ। दुई अभियुक्तहरुमाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा दर्ता गरी आईतबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्ने तयारी भईरहेको प्रहरीले बताएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *