संखुवासभा सामूहिक हत्या काण्ड: तेजबहादुर मात्र मार्न खोज्दा अरुलाई पनि मारेको हुँ

 ग्लोवल टि.भी.      शनिबार, भदौ २६, २०७८      0

संखुवासभा सामूहिक हत्या काण्डका आरोपी लोकबहादुरले तेजबहादुरलाई मात्र मार्न खोजेपनि अरुले देखेपछि सबैको हत्या गरेको बयान दिएका छन् । तेजबहादुरको भतिजो साइनो पर्ने लोकबहादुर कार्कीले ६ जनाको हत्या गरेको स्वीकार गरेका छन्।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको स्वीकारेका छन् ।उनको हत्या गरेपछि सबै कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *