आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय महिला फुटबल टोली

 ग्लोवल टि.भी.      आइतवार, भदौ २७, २०७८      0

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

गएको बिहीवार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो ।

नेपालको जितमा डेब्यु खेलाडी सविता राना र प्रिती राईले एक÷एक गोल गरेका थिए ।

बङ्गलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।

एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ ।

छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ ।

नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *