
थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन् ।
भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् ।
लेखक तथा आदिवासी जनजाति साहित्यकार उपाध्यक्ष डा.कृष्णराज सर्वाहारी अनुसार अटवारी पर्व थारु समुदायको माघी र दसैं पछिको ठूलो चाड हो ।
दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका यो पर्व मनाउने गर्दछन् ।
स्थानीय सरकारहरुले अटवारी पर्वको अवसरमा थारु समुदायलाई सार्वजनिक विदा दिने गर्दछन् ।
यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् ।
व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन छ ।
दिदीबहिनीका लागि छुट्याइएको भागलाई ‘अग्रासन’ भनिन्छ ।
अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पु¥याइदिने गरिन्छ ।
अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीहरुले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने र उपहार दिने चलन पनि छ ।

Leave a Reply