अमेरिकी सहायता परियोजना (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज आइतबार फर्किँदै छिन्।
नेपालमा एमसीसी अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेको र यो विषय गिजोलिँदै गएका बेला उनी गत बिहीबार काठमाडौं पुगेकी थिइन्।
चार दिने भ्रमणमा उनले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली सहित प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरिन्।
भेटमा एमसीसी परियोजनाबारे वृहत छलफल भए पनि नेपालले ठोस धारणा दिन सकेन। सँगै उनी निराश बनेर फर्किदै छिन्। उनी नेपालमा एमसीसी परियोजना लागु गर्न सबैदल सहयोग गर्लान भन्ने सोचका साथ नेपाल आएकी थिईन।
उनले प्रधानमन्त्री देउवालाई ‘एस अर नो’मा जवाफ मागेकी थिईन।
सुमारले नेपालमा रहँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसालसहितसँग भेट गरेकी छन्।
उनको चार दिने भ्रमणमा ठोस उपलब्धी देखिएको छैन।
Leave a Reply