संखुवासभा हत्याकाण्डका आरोपी लोकबहादुर कार्की सार्वजनिक

 ग्लोवल टि.भी.      आइतवार, भदौ २७, २०७८      0

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले कार्कीलाई सार्वजनिक गरेको हो । २६ वर्षीय कार्कीलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको थियो।

लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् ।

गत सोमबार ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
घटनामा जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदी, केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी रुगम कुँवर र प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टरको टोली अनुसन्धानका लागि खटिएको थियो ।

आरोपीले सिआइबीका अनुसन्धान टोली समक्ष आफ्नो अपराध कबुल गरेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *