ग्लोबल टिभि
आइतवार, भदौ २७, २०७८
0
पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालमा लगातार दोस्रो दिन १ हजारभन्दा कम संक्रमित फेला परेका हुन् । ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यही अवधिमा १ सय२३ जना निको भएका छन् ।
कोभिड–१९ को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु हुनेको कूल संख्या १० हजार ९४९ रहेको छ ।
Post Views: 670
Leave a Reply