फर्कियो एमसीसी उपाध्यक्ष नेतृत्वको टोली, टोलीले पाएन ‘एस’ अर ‘नो’को जवाफ

 ग्लोबल टिभि      सोमवार, भदौ २८, २०७८      0

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारसहितको टोली चार दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएको छ।

उपाध्यक्ष सुमारसहितको टोली आइतबार बेलुकी आफ्नो देश प्रस्थान गरेको हो।

उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो।

यस्तै सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत शीर्ष नेतृत्वसँग पनि उक्त प्रतिनिधिमण्डलले एमसीसी परियोजनाबारे छलफल गरेको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रतिनिधिमण्डलले भेटवार्ता गरेको थियो।

सबै भेटवार्तामा एमसीसी प्रतिनिधिमण्डलले नेपालको भौतिक पूर्वाधारको विकासका लागि परियोजना महत्वपूर्ण रहेको बताएको थियो।

तथापि एमसीसी टोली निराश भएर फर्किएको छ। एमसीसीलाई ‘एस’ अर ‘नो’को जवाफ खोज्न टोली नेपाल आएकी थिईन।

तर, नेपाली कांग्रेस बाहेक अन्य सबै दलहरूले एमसीसीलाई यथास्थितिमा पास गर्न सहयोग नहुने जवाफ दिएको छ।

एमसीसी पास गर्न संसद्मा बहुमत चाहिन्छ, त्यसैले कांग्रेस एक्लैले मात्र चहादा मात्र त्यो पास हुन कठिन छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *