पाकिस्तानमा चट्याङ लागेर १४ को मृत्यु

 ग्लोवल टि.भी.      सोमवार, भदौ २८, २०७८      0

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले बताए । चट्याङका कारण सँगै रहेका दाजुभाइका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

यो भन्दा पहिले सोही क्षेत्रमा परेको मुसलधारे मनसुनी वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा धेरै क्षति पुगेको थियो ।

सन् २०१९ को नोभेम्बरमा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण १८ जनाको मृत्यु भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *