ग्लोबल टिभि
0
काठमाडौँ । गृह मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठीको बैठक बसेको थियो । बैठकपछि गृहले भुक्तानी नगर्ने मिल सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको हो ।
इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगरमिल नवलपरासी, अन्नपूर्ण सुगरमिल सर्लाही र श्रीराम सुगरमिल रौतहटका सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिइएको हो । सुगर मिल सञ्चालकहरुले आफ्नो बक्यौता रकम नदिएको विरोधमा उखु किसानहरु अहिले राजधानीमा आन्दोलनमा छन् ।
Post Views: 1,318
Leave a Reply