अमेरिकाको ओहायो राज्यमा आगलागि , ५ नेपालिको मृत्यु

 ग्लोबल टिभि      मङ्लबार, भदौ २९, २०७८      0

अमेरिकाको ओहायो राज्यको आक्रन सहरमा भएको आगलागिबाट ५ जना नेपाली भाषी भुटानी परिवारका सदस्यहरूको निधन भएको छ । आगलागिबाट ४ जना घाइते भएका छन्। सेप्टेम्बर १३ सोमबारका दिन बिहान आगलागी हुँदा ३ जना बालबालिका र २ जना वयस्कको निधन भएको छ ।

आक्रन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर सङ्ख्यामा बिहान १२ ः५० मा आगो लागेको हो । विभागका अनुसार आकस्मिक कामदारहरूले उनीहरूका छिमेकी र नातेदारहरूले त्यहाँ पुगे पछि परिवारका सदस्यहरूलाई बाहिर निकाल्ने प्रयास गरेका थिए ।

त्यहाँको शव परीक्षण केन्द्रले जनाए अनुसार ३ जना बालबालिका र २ जना वयस्कको मृत्यु भएको उल्लेख गरेको छ । उनीहरू पढ्ने विद्यालय आर्कन सरकारी विद्यालयका प्रवक्ताका अनुसार ५ वर्ष,११ वर्ष र १६ वर्षका विद्यार्थीको निधन भएको जनाएका छन् ।

आगलागीका मुख्य अनुसन्धान प्रमुख ग्यारी गुनथरका अनुसार बालबालिका सहित करिब ६० वर्षीय पुरुष तथा ४८ वर्षीय महिलाको निधन भएको बताए । उक्त स्थानमा २०१७ पछिको सबै भन्दा डरलाग्दो आगजनी भएको बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *