ग्लोबल टिभि
मङ्लबार, भदौ २९, २०७८
0
नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक ठोक्किएर दुर्घटनाहुँदा तीन जनाको मृत्यु भएको छ ।
गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक आज बिहान चार बजेतिर ठोक्किएर दुर्घटनाहुँदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बस सडकदेखि १० फिट तल खस्दा दुई महिला र एक पुरुषको मृत्यु भएको बताइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरुको परिचय खुलेको छैन । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका २४ जनाको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ ।
Post Views: 526
Leave a Reply