सरकारले दशैंका लागि तीन हजार च्यांग्रा र खसी ल्याउँदै

 ग्लोवल टि.भी.      मङ्लबार, भदौ २९, २०७८      0

दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ ।

कोरोना भाइरस महामारीले बजार प्रभावित भए पनि दशैंमा खसी, बोका र च्यांग्राको अभाव नहुने कम्पनीले जनाएको छ । कम्पनीले भने दशैं जस्तो चाडमा खसी, बोका र च्यांग्राको मासु कम नहोस् भन्न खरिदको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

कम्पनीका अनुसार खसी(बोका १५ सय र च्यांग्रा १५ सय ल्याउने कम्पनीका विभागीय प्रमुख भीम थापाले जानकारी दिनुभयो । दशैं नजिकिइसक्दा पनि मूल्य निर्धारणमा भने अलमल भइरहेको छ । अहिले बजारमा डिजेलको भाउ पनि बढ्दै गएकाले ढुवानी खर्च पनि बढ्ने भन्दै सो कुरालाई ध्यानमा राखेर मूल्य तोकिने छ । गत वर्ष खसी–बोका प्रतिकेजी पाँच सय ५० रुपैयाँ तोकिएको थियो ।

उपत्यकामा खसी–बोका तथा च्यांग्रा मुस्ताङ, मकवानपुर र दाङका किसानबाट खरिद गरिने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *