गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरण

 ग्लोवल टि.भी.      मङ्लबार, भदौ २९, २०७८      0

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

विमानस्थल आयोजनाका अनुसारभौतिक ९८ प्रतिशत र वित्तीय ७७ प्रतिशत काम सम्पन्न भइसकेको छ । प्रमुख इन्जिनियर प्रवेश अधिकारीले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने बताए । उनले प्राविधिक कामका लागिसरकारले थाइल्याण्ड सरकारसँग कुटनीतिक पहल थालेको बताए । अधिकारीले अहिलेका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति आएसाता–दश दिनमै सबै काम सकिने दाबी गरे ।

प्रमुख इन्जिनियर अधिकारीले अहिले बनिरहेको टर्मिनल बिल्डिङ रिलेटिभ रूपमा सानो भएकाले यसलाई ठूलो बनाउनुपर्ने विषयमा अध्ययन भइरहेको बताए । यो टर्मिनल बिल्डिङले मात्र ४ सय सेवाग्राहीलाई मात्र सेवा दिनसक्ने बताइएको छ । त्यसैले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा अध्ययन गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *