नेपाली सेनामा विभिन्न पदका लागि जागिर खुला

 ग्लोबल टिभि      बिहिबार, भदौ ३१, २०७८      0

नेपाली सेनाले विभिन्न पदका लागि जागिर खुलाएको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज गोरखापत्रमा सूचना निकालेर ४ सय ६२ जना माग गर्दै दरखास्त आह्वान गरेको छ।
समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि पनि आरक्षण सिटसहित आवेदन माग गरिएको छ।

सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई पनि खुलातर्फ बेग्लै आरक्षण सिटको व्यवस्थासहित सेनाले जागिर खुलाएको छ।

सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पूजारी हुद्दालगायत विभिन्न पदमा सेनाले जागिर खुलाएको हो। २२ जना पूजारीसमेत सेनाले माग गरेको छ।

भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिन्छ भने नारायणहिटीस्थित नेपाल क्याभल्टी उत्तरतर्फको खेल मैदानमा दरखास्त फारम वितरण गरिने सूचनामा उल्लेख छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *