रामेछापमा जिप दुर्घटना हुँदा ३ को मृत्यु

 ग्लोबल टिभि      बिहिबार, भदौ ३१, २०७८      0

काठमाडौंबाट ओखलढुंगा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपका चालक लाक्पा शेर्पासहित ३ जना रहेका छन्। अन्य २ जना मृतकको पहिचान भने खुलेका छैन् ।

विहिबार बिहान काठमाडौंबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर ३–०१–०२३ च ३५१३ सामान बोक्ने बोलेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए।

बोलेरो खुर्कोट–मन्थली सडकखण्डको हात्तिटार (बोक्से) भिरबाट तामाकोशी नदीमा खसेको रामेछापबाट पत्रकार सन्तोष ढुंगेलले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *