आज असोज १, सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व मनाईदै

‘बूढी पोल्ने’ पर्व के हो त ?

 ग्लोबल टिभि      शुक्रबार, अशोज १, २०७८      0

आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व उल्लास पूर्वक मनाईदै छ । सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष सात पहाडी जिल्लाका स्थानियले विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ ।

राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व मनाईदै आएको स्थानियले बताए ।

मानवलाई दुःख दिने पुतनालाई भगवान् श्रीकृष्णले मारेको दिनको सम्झनामा बूढी पोल्ने पर्व निकै रमाइलोसँग मनाउने चलनरहि आएको छ ।

बीच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाङ्गाबिङ्गा काटेर पुतना बूढी अर्थात् राक्षस पुतनाको प्रतीक बनाइएको हुन्छ । उक्त प्रतीकलाई आज गाउँका सबै मिलेर जलाउने अर्थात् बन्दुनी जलाउने भनिने गरेको अर्का स्थानीयवासी दलबहादुर साउदले जानकारी दिए ।

उनका अनुसार बन्दुनी जलाउने ठाउँमा आ-आफ्नो बारीमा फलेका काँक्रा लगेर खुशीयालीका रूपमा खाने, लुतो फाल्ने प्रचलन रहेको छ । उक्त बूढी पोलेर घर फर्किने क्रममा बाटो(बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ । सुदूरपश्चिममा आजको दिनलाई बन्दुनी सङ्क्रान्ति पनि भन्ने चलन रहेको छ ।

परम्परागत किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले राक्षस प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरुले पुतनाको शवदहन गरेको कथन रहेको शिखर नगरपालिका–१ का पण्डित गुणकर जोशीले बताए ।

द्वापरयुगमा विशाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षस पुतनालाई भगवान् श्रीकृष्णले दूध चुसी मारेको र भगवान् श्रीकृष्ण बाँचेको खुशीयालीमा यो पर्व मनाइने गरिएको हो । पुतना दहन गरेपछि आज रातभरि देउडा, भुवाजस्ता सांस्कृतिक कार्यक्रम गरिने चलन पनि छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *