ग्लोबल टिभि
शुक्रबार, अशोज १, २०७८
0
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँका लागि कम्तीमा दुई हजार खसीबोका ल्याउने भएको छ । दसैँको बेलामा बजारमा हुन सक्ने महँगी नियन्त्रण गर्न खाद्यले यस वर्ष पनि खसीबोका ल्याउन लागेको हो ।
यो वर्ष कम्तीमा दुई हजार खसीबोका ल्याउने तयारी भएको छ । कम्पनीले च्यांग्रा ल्याउन सक्ने सम्भावना भने न्यून रहेको जनाएको छ । मुस्ताङबाट च्यांग्रा ल्याउन मूल्य बुझ्ने काम भइरहेको छ ।
चीनबाट च्यांग्रा ल्याउन सके सस्तो पर्ने तर नेपाली च्यांग्रा खरिद गर्दा महँगो पर्ने गरेको छ । कम्पनीले खसीबोका किन्दा प्रतिकिलोग्राम १० रुपैयाँ छुट दिने घोषणा गरेको छ । कम्पनीले ३९ जिल्लामा ४३ वटा स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।असोज १ गतेदेखि सञ्चालनमा ल्याइएको सुपथ मूल्यका पसल आउँदो छठसम्म सञ्चालन गर्ने तयारी गरिएको हो ।
Post Views: 786
Leave a Reply