कीसानहरु उखु सहीत प्रर्दशनमा

 ग्लोबल टिभि           0

लामो समयसम्म आफूहरुले पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै उखु किसानहरुले निरन्तर काठमाडौंको माइतीघरमा प्रर्दशन गरीरहेका छन । बुधबार उनीहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारको ध्यानाकर्षण गर्न भन्दै माइतीघरमा धर्ना दिएका हुन् । धर्नामा सहभागी भएका उनीहरुले आफूहरुको माग पुरा नभए सिंहदरबार घेर्ने चेतावनी पनि दिएका छन् ।

चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नगरेको भन्दै सर्लाहीका उखु किसानले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन् । उनीहरूले गत वर्षको पुस १६ गते सरकारसँग भएको ५ बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । किसानहरुले काठमाडौंमा बसेको सरकारले आफूहरुको कुरा नसुनेको गुनासो गरेका छन् ।

सरकारले किसानसँग गरेको पटक पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको उखु किसान संघर्ष समितिले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *