ग्लोबल टिभि
शनिबार, अशोज २, २०७८
0
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माण रोकेको छ ।
आर्थिक अभावको कारण देखाउँदै फाउण्डेसनले निर्माण रोकको बताएको छ। फाउण्डेनका अनुसार हालसम्म ५४ करोड खर्च भएको छ। कुल खर्च मध्ये करिब १६ करोड रुपैयाँ उधारो भएको भन्दै निर्माण कार्य अघि बढाउन नसकिने भन्दै रोकेको हो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ । दाताहरुको सहयोगमा अन्तराष्ट्रिय रंगशाला निर्माण थालिएको हो । पछिल्लो समयमा निर्माणमा लागत बढ्दै गएपछि फाउण्डेसनले हात झिक्न थालेको हो ।
Post Views: 601
Leave a Reply