ग्लोबल टिभि
शनिबार, अशोज २, २०७८
0
प्रहरीले जोरपाटीबाट २० जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीस्थित चामुण्डागेटमा रहेको तिव्वतियन क्याम्पभित्रको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जुवा खेलेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपसहित २० जनालाई शुक्रबार राति ११ बजे नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट चार लाख ७४ हजार ७५ रुपैयाँ नगद, बिस बुक तास, क्यासिनोमा प्रयोग हुने क्वाइन ४६४ थान, कौडा १०० थान बरामद गरेको प्रहरीले जनाएको छ ।
Post Views: 500
Leave a Reply