असोज ४ देखि भेरोसेलको दोस्रो मात्रा लगाइने

 ग्लोबल टिभि           0

असोज ४ गतेदेखि कोरोना भाइरसविरूद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो।

कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धित सबैलाई आग्रह गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी काठमाडौं महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको छ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *