इन्द्र जात्राको लिङ्गो आज उठाइयो

 ग्लोबल टिभि      शनिबार, अशोज २, २०७८      0

वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान (इन्द्र जात्राको लिङ्गो उठाउने) गरिएको छ ।

हनुमानढोका परिशरमा बिहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वजोत्थान गरएको हो । कोरोना संक्रमणको जोखिमको कारण गत वर्ष पूजा बिधि मात्र गरिएको इन्द्रजात्राको इन्द्रध्वजोत्थान यसपाली सम्पूर्ण बिधिबिधान अनुसार उठाइएको छ ।

आज उठाइएको लिङ्गोको छनौट देखि उठाउने समय सम्म र जात्रा सकिए पछि ढाल्ने सम्मको बिधि साइत हेरेर गर्ने चलन छ । जसअनुसार भदौ २३ गते बुधबार बिहान १०ः५२ मा वनयात्रा गरी इन्द्रजात्राका कार्यक्रमको सुरुआत भएको थियो ।

त्यसै दिन बेलुकी ७ः२७ मा लिङ्गोका लागि रुख काटिएको थियो । लिङ्गोका लागि रुख काट्नेलगायत सबै साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको थियो । भदौ २९ गते बिहान १०ः३४ बजे भोटाहिटीबाट लिङ्गोलाई नगर प्रवेश गराइएको थियो । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको छ।

असोज ८ गते नानिचा यात्रा गरि सके पछि त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार गई जात्रा अवलोकन गर्ने कार्यक्रम रहेको छ

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *