काठमाडौँको फाहोर अहिलेसम्म नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइटमा विसर्जन गरिँदै आएको थियो ।
त्यहाँ भरिएपछि बञ्चरेडाँडालाई विसर्जनस्थल बनाइएको हो । तर धादिङ धुनिवेसी–१ का बासिन्दालेआवश्यक संरचना नै निर्माण नगरी सरकारी पक्षले फोहोर फाल्न लागेको भन्दै विरोध गरिरहेका छन् ।फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना नै बनिनसकेको भन्दै उनीहरूले विरोध गरेका हुन् । उनीहरूले सात सय बासिन्दाको घर व्यवस्थापन गरिदिनुपर्ने, आफूहरूलाई रोजगारी दिनुपर्ने, फोहोरलाई उद्योगमा लैजानुपनलगायतमाग पूरा नहोउञ्जेल बञ्चरे डाँडामा फोहोर खस्न नदिने अडान राखेका छन् ।
शहरी विकास तथा भवन निर्माण विभागका ल्याण्डफिल्ड साइटका सुपरभाइजर ध्रुवप्रसाद धिमाल भने बञ्चरेडाँडामा फोहोर खसाल्ने तयारी भइसकेको बताउँछन् । नगरपालिकालाई यसबारे जानकारी दिइसकेकोले फोहोर फाल्न मिल्ने उनको दाबी छ । फोहोर फाल्न बनाइएको दुईमध्ये एक ठाउँ तयार भइसकेको उनको दाबी छ ।
सरकारको यस्तो दाबी र अडानबीच सर्वसाधारणले आफूसँग भएका ५ बुँदे माग लागू भएमात्र फोहोर फाल्न दिने बताएका छन् । आफूहरूलाई कुनै पनि समस्या सिर्जना नहुने गरी आवश्यक संरचना बनाइसकेपछि मात्रै फोहोर विसर्जन गर्न दिइने माग स्थानीयको छ ।
Leave a Reply