बुढीगण्डकी जलविद्युत आयोजना तत्काल निर्माण अघि बढाउन माग गर्दै प्रदर्शन

 ग्लोबल टिभि      सोमवार, अशोज ४, २०७८      0

बुढीगण्डकी जलविद्युत आयोजना तत्काल निर्माण अघि बढाउन माग गर्दै डुवान क्षेत्रका वासिन्दाले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

बुढीगण्डकी आयोजना नबन्दा आफूहरु सुकुम्बासी हुने खतरा रहेको भन्दै डुवान क्षेत्रका वासिन्दाले आयोजना निर्माण तत्काल अघि बढाउन माग गरेका छन् ।

स्थानीय वासिन्दाले आयोजनाको नाममा राजनीति मात्र भएको भन्दै स्थानीयको जायज माग पूरा गरेर निर्माण सुरु गर्न आग्रह गरेका छन् । माइतीघरमा गरिएको प्रदर्शनमा बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका सर्वसाधारण सहभागी भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *