कञ्चनपुरमा भारतीय तस्कर समुहको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते

 ग्लोबल टिभि      मङ्लबार, अशोज ५, २०७८      0

कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

सोमबार साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् ।

आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा एक्कासी उनीहरुले ढुङ्गामुढा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरले जानकारी दिए ।

तस्करको समूहलाई नियन्त्रणमा लिने प्रयास गरे पनि ३०÷४० मिटर नजिकै भारतीय भूमि भएकाले उनीहरु भाग्न सफल भएको एसपी ऐर बताउँछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *