पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ

 ग्लोबल टिभि      मङ्लबार, अशोज ५, २०७८      0

नेपाल–भारत सीमा नाका बेलहियामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी सन्तोष गुप्ता रहेका छन्।

सीमा नाका पार गराउन भन्दै भारतबाट आएका पर्यटकसँग घुस लिएको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो।

पशुपतिनाथ मन्दिर दर्शन गर्ने उद्देश्यले गुजरात ट्राभल्समार्फत बेलहियासम्म आएका ८ जनाको समूहलाई ट्राभल्सका कर्मचारी गुप्ताले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रतिव्यक्ति ५ सय भारुका दरले रकम उठाएका थिए । सो रकम प्रहरीलाई बुझाएर पर्यटकको समूह नेपाल प्रवेश गरेको थियो ।

कोभिड महामारीका कारण बन्द रहेको बेलहिया नाकाबाट प्रहरी र ट्राभल एजेन्टको मिलेमतोमा भारतीय पर्यटक र सर्वसाधारण नेपाल भित्रिरहेका बेलहियाका नागरिक अगुवा राम बस्नेत बताउँछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *