ग्लोबल टिभि
बुधबार, अशोज ६, २०७८
0
पहिरोसँगै खसेको ढुङ्गा लागेर रोल्पामा आमा–छोरीको ज्यान गएको छ । रोल्पा नगरपालिका ९ हाङबाङकी २५ वर्षीया सङ्गीता पुन र पुनकी दुई वर्षीया छोरी कृतिकाको ज्यान गएको हो ।
मकैबारीमा बाँदर धपाएर फर्कने क्रममा माथिबाट खसेको पहिरोसँगैको ढुङ्गा लागेर लड्दा आमा–छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले बताए ।ढुङ्गा लागेर खोल्सामा खसेका आमाछोरीको शव बाढीले पुरेको अवस्थामा फेला परेको थियो ।
यसैगरी विवाह भोज खाएर फर्कने क्रममा लडेर रोल्पा नगरपालिका ३ खुमेलका ४४ वर्षीय तीर्थलाल थापाको पनि मृत्यु भएको छ।
Post Views: 786
Leave a Reply