सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु

 ग्लोबल टिभि      बुधबार, अशोज ६, २०७८      0

सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरुलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उपचारका क्रममा सुनिता र कृष्णको मृत्यु भएको काफ्लेले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *