एकीकृत समाजवादीले भोलि महासचिवको टुंगो लगाउने

 ग्लोबल टिभि      बुधबार, अशोज ६, २०७८      0

नेकपा एकीकृत समाजवादी पार्टीले भोलि महासचिवको टुंगो लगाउने भएको छ ।

अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पास गरेसँगै केन्द्रीय कमिटी बैठक अरु एजेण्डामा प्रवेश गरेको हो । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार भोलिको बैठकले पार्टीको महासचिव टुंगो लगाउने छ भने स्थायी कमिटी र पोलिटब्यूरोलाई पनि अन्तिम रूप दिनेछ ।

खतिवडाले झलनाथ खनालको नेतृत्वमा बृहत् राजनीतिक प्रतिवेदन लेख्ने काम भइरहेको जानकारी दिए । चाँडै चुनाव चिह्नबारे निर्णय गरेर निर्वाचन आयोग जाने बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *