९ महीना पछी खुलेको बाराही मन्दिर

 ग्लोबल टिभि           0

कोरोना भाईरसका कारण लामो समय देखी बन्द रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल तालबाराही मन्दिर खुला गरिएको छ । गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणका लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए।

लामो समय बन्द भयो, बन्दाबन्दी खुलेपछि आन्तरिक पर्यटक आए पनि मन्दिर खुला नभएपछि त्यसै फर्कने गरेका थिए, अब मन्दिर खुला गरेका छौँ । पर्यटक आउने विश्वास छ, ’उनले भने । उनले मन्दिर प्रवेशका लागि भौतिकदूरी कायम गर्दै एउटा मात्र बाटोको प्रयोग गरिने र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी दिए।

उनका अनुसार मन्दिर बन्द रहेका अवस्थामा पुजारीमार्फत नित्य पूजा हुँदै आएको थियो ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *